२०८१ पुस २७ गते सनिवार राति नेपालगञ्जबाट जाजरकोटतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना भएर भेरी नदीमा खसेको छ। दुर्घटना रैकरदेखि १ किलोमिटर पश्चिम पोखरे नजिकै भएको हो।
प्रत्यक्षदर्शी मन्दिप महराका अनुसार, ट्र्याक्टरका चालक बेपत्ता रहेका छन् भने सहचालक घाइते अवस्थामा फेला परेका छन्। घाइते सहचालकलाई उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा पठाइएको छ।
घटनास्थलमा स्थानीय प्रहरी टोली पुगेको छ र बेपत्ता चालकको खोजी कार्य जारी छ। दुर्घटनाको थप विवरण र कारण अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
नोट:सुरक्षित यात्रा जीवनको सुरक्षा!





