नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको ट्र्याक्टर भेरी नदीमा खस्यो, चालक बेपत्ता !!

२०८१ पुष २८, आईतवार १०:४९

२०८१ पुस २७ गते सनिवार राति नेपालगञ्जबाट जाजरकोटतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना भएर भेरी नदीमा खसेको छ। दुर्घटना रैकरदेखि १ किलोमिटर पश्चिम पोखरे नजिकै भएको हो।

प्रत्यक्षदर्शी मन्दिप महराका अनुसार, ट्र्याक्टरका चालक बेपत्ता रहेका छन् भने सहचालक घाइते अवस्थामा फेला परेका छन्। घाइते सहचालकलाई उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा पठाइएको छ।

घटनास्थलमा स्थानीय प्रहरी टोली पुगेको छ र बेपत्ता चालकको खोजी कार्य जारी छ। दुर्घटनाको थप विवरण र कारण अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

नोट:सुरक्षित यात्रा जीवनको सुरक्षा!

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु