बारा सिडियो वसन्त अधिकारीको विवादित निर्णय: दुई प्रहरीलाई ‘अन द स्पट’ निलम्बन आदेश

२०८१ चैत्र १५, शुक्रबार ०८:२८

बारा जिल्लाको गण्डक चोकमा खटिएका दुई प्रहरीलाई ‘अन द स्पट’ निलम्बन गर्न आदेश दिएका प्रमुख जिल्ला अधिकारी (सिडियो) वसन्त अधिकारी फेरि विवादमा तानिएका छन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

स्थानीयहरूले दैनिक गुजाराका लागि बोरा बोकेर जाँदा प्रहरीले चेक नगरेको भन्दै अधिकारीले बारा प्रहरी प्रमुख (एसपी) लाई तत्काल निलम्बन गर्न फोन गरेको देखिन्छ। चौविसै घण्टा सडकमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानलाई यसरी कठोर कारबाहीको आदेश दिनु अन्यायपूर्ण भएको भन्दै अधिकारीको चर्को आलोचना भइरहेको छ।

विवादासँग जोडिएका वसन्त अधिकारीका पूर्व हर्कतहरू

यसअघि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका बेला उनले ४२ जना नगर प्रहरीलाई यसैगरी निलम्बन गरेका थिए, जुन निर्णय एक महिनापछि खारेज गरिएको थियो। अधिकारीमाथि महानगरपालिकामा कार्यरत रहँदा भ्रष्टाचारको गम्भीर आरोप लाग्दै आएको छ।

सूत्रहरूका अनुसार उनले काठमाडौं महानगरका टेन्डर तथा सप्लाईका काम आफ्ना भतिजमार्फत गराउने, फाइल पास गर्न कमिशन असुली गर्ने जस्ता क्रियाकलाप गरेका थिए।

मेयर बालेनसँगको विवाद

काठमाडौं महानगरपालिकामा रहँदा अधिकारीले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई खर्च विवरण पेश गर्न निर्देशन दिएका थिए। तर, मेयर बालेन शाहले अधिकारीका गतिविधिहरूमा असहमति जनाउँदै उनलाई कार्यालय प्रवेशमै रोक लगाएका थिए।

निजी स्वार्थका लागि पदको दुरुपयोग

उनले आफ्नो छोराको विवाह भोज खर्च महानगरको कर्मचारी भ्रमण शीर्षकमा तिर्न लगाएको आरोप पनि लागेको छ। त्यस्तै, काठमाडौं महानगरमा कार्यरत एक करार महिलाको म्याद नथप्दा संघीय मामिला मन्त्रालयसम्म मुद्दा पुगेको थियो।

 

बाँके क्षेत्र नं. १ मा युवाको भरोसाको केन्द्र बने दिपक बुढाथोकी

पूर्वमुख्यमन्त्री चौधरीको पोल्टिफर्म रेखदेखमा गएका निरजको हत्या, आरोपी महाविर फरार

कोहलपुरमा संस्थागत स्कुल बसको ‘हर्न आतंक’ : स्थानीय हैरान, बालबालिका समेत प्रभावित

कोहलपुर इलाका प्रशासन कार्यालयमा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम,, दादागिरी मौलौदो

कोहलपुरमा डिभाइडर राखिदिँदा जेब्रा क्रसिङ बन्द, विद्यार्थी–शिक्षक–स्थानीय तथा पैदल यात्रु सबैलाई समस्या

नेपालगन्जमा लागू औषध कारोबारमा संलग्न भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिएका ASI नविन कुमार शाही ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु