हावाहुरीले सल्यानका विद्यालय र कृषि क्षेत्रलाई पुर्‍यायो क्षति

२०८१ चैत्र २८, बिहीबार १३:०५

सल्यान, चैत २८ – गए राति परेको वर्षासहितको तीव्र हावाहुरीले सल्यानका विभिन्न स्थानहरूमा ठूलो क्षति पुर्‍याएको छ। बनगाड कुपिण्डे नगरपालिका–११ पाँचरेस्थित नवज्योति प्राथमिक विद्यालयको दुई कोठे भवनको छानो उडाएको छ। विद्यालयको जस्ता पाता र कार्यालयका सामग्री पूर्ण रूपमा क्षति भएका छन्। त्यसैगरी, कालिमाटी गाउँपालिका–३ मा रहेको केसी तरकारी फर्ममा पनि हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ। पानीसहितको हावाहुरीले तीनवटा पक्की टनेलमा लगाइएको टमाटर बाली र प्लास्टिक उडाएर करिब ३० हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको फर्मले जनाएको छ। क्षतिको स्थलगत अनुगमनका लागि कालिमाटी गाउँपालिका कृषि शाखा प्रमुख दिपिका खड्का र प्राविधिक केशव थापा खेतबारीमै पुगेर अवलोकन गरेका छन्।

यसैबीच, शारदा नगरपालिका–८ स्थित त्रिभुवन जनता मावि मार्के को छानोसमेत हावाहुरीले उडाएको छ। स्थानीय तहहरूले क्षतिको विवरण संकलन गरिरहेका छन् भने प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाको पहल अघि बढाइएको छ

हाम्रो बारेमा

सुनौलो आवाज मिडिया प्रा.लि. द्धारा संचालित
sunauloaawaj.com

सूचना विभाग दर्ता नम्बर :४८९१-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नम्बर : ४९३९-२०८१/०८२

*ठेगान :
नेपालगन्ज उपमहानगरपालिका १२ मुक्तिपुर

सम्पर्क

अध्यक्ष : शुसिल कार्की
९७६५५९४५५५ , sushilkarkioffical@gmail.com

*सम्पादक: जनक प्रसाद शर्मा
9700367888

**कार्यकारी निर्देशक तथा संवाददाता : सूर्य प्रसाद रिजाल
9858038010
arijal2017@gmail.com

 

लिंकहरु

मेनु