जुम्लाको हिमा गाउँपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।
कर्णाली प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन संशोधनमा ढिलाइ गरेको भन्दै कर्मचारीहरूले विरोध जनाएका हुन्।
स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल कर्णाली प्रदेश समितिको आह्वानमा आइतबार बिहान १० देखि १ बजेसम्म तीन घण्टा पेन डाउन गरी सेवा प्रवाह बन्द गरिएको र कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरिएको हिमा गाउँपालिका संघर्ष समितिका संयोजक मृगेन्द्र हमालले बताए।
यदि जेठ ७ गतेसम्म विधेयकमा आवश्यक सुधार गरी संशोधन प्रक्रिया अघि नबढेमा जेठ ८ गतेदेखि पूर्णरूपमा सेवा प्रवाह ठप्प पारिने संयोजक हमालले चेतावनी दिएका छन्।